नेपाली चलचित्र‘अगस्त्य’ यूएई ,कतार र बहराईन भोलि मार्च ७ देखी साथै कुवेतमा मार्च १४ बाट प्रदर्शन हुने :

निरेम अपडेट
२३ फागुन २०८० १९:३०

कुवेत/नेपाली चलचित्र‘अगस्त्य’ यूएई ,कतार र बहराईनमा भोलि मार्च ७ देखि साथै कुवेतमा मार्च १४ बाट प्रदर्शन हुनेभएको छ ।

विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र अगस्त्यको मध्येपूर्वको प्रदर्शन अधिकार सेभेन सिस कम्पनी अन्तरग रहेको छ । कुवेत लागी सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आइरहेको छ ।


सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।


फिल्म निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्टका अनुसार अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा फिल्म रिलिज हुने जनाइएको छ ।

प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् ।
चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।