भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई ८ रनले हरायो

निरेम अपडेट
२१ चैत २०८० १८:३२

काठमाण्डौ /भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्राे जित हात पारेकाे छ । आज भएकाे खेलमा नेपालले गुजरातलाई ८ रनले हरायाे ।नेपालले दिएकाे १ सय ८२ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायाे ।

यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायाे । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलाे विकेटका लागि १ सय २५ रनकाे साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

प्रतियाेगितामा पर्सि शुक्रवार नेपाल र बराेडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो ।टी–२० क्रिकेट शृङ्खलाकाे फाइनल खेल आउँदो २५ गते आइतवार  हुनेछ ।