प्रकास सपुत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित

निरेम अपडेट
१५ वैशाख २०८१ १५:४९

गायक तथा अभिनेता प्रकास सपुत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।  फिल्मको लेखन तथा निर्देशक सरोज पौडेल हुन् ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद तथा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्ममा निर्माण पक्षले सपुतसँग केही दिनअघि कागजी सम्झौता गरेको हो ।