युएईमा १८ जना नेपाली अलपत्र

निरेम अपडेट
६ चैत २०८० १५:५८

युएई । संयुक्त अरब एमिरेट्स (युएई)मा १८ जना नेपाली अलपत्र परेका छन् । ३ महिना पहिले युएई आएका उनीहरुले नेपालमा गरेको सम्झौता अनुरुप काम र तलव नपाएपछि अलपत्र परेका हुन् । उनीहरुलाई खाना र बस्न समस्या समेत भएकाे छ ।

उनीहरु काठमाडौंमा रहेको रेड पाण्डा इन्टरनेशनल ओभरसिजमार्फत युएईको बैट अलरनीन टेक्निकल सर्भिसेस कम्पनीमा आएका हुन् । युएईको सारजाह औद्योगिक क्षेत्रमा रहेको मजदुर क्याम्पमा रहेका उनीहरुले समस्यामा परेको भन्दै उद्दारका लागि प्रवास नेपाली सम्पर्क बिभाग युएईलाई निवेदन दिएका थिए ।

यसरी अलपत्र पर्नेहरुमा अर्जुन प्रजापती, छन्नु हरिजन, उत्तम प्रसाद हरिजन,प्रेम बहादुर बराम,शम्भु पासी, र सुन्दर श्रेष्ठ छन् । त्यस्तै बिष्णु कुमार श्रेष्ठ, सुमन थापा मगर,बम बहादुर विक, चन्द्र केशर राजभार, ईन्द्र बहादुर दर्जी र अशोक कुमार चमार छन् । अलपत्र पर्नेहरुमै नाथु अहिर, राजकुमार थापा, गुमान सिंह विक, प्रकाश थापा, भुपेन्द्र शाही र रमेश बहादुर विक रहेका छन् ।

पीडित मार्फत आएको निवेदन बिभागले नेपाली दुतावास आबुधावी, श्रम मन्त्रालय, बैदेशिक रोजगार बिभाग, तथा परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उद्धारका लागि अनुरोध गरेको र आफूहरुले गुजारा चलाउन केही खाद्य सामाग्री प्रदान गरेको बिभागका युएई सभापती सुजन थापाले जानकारी दिए ।

अलपत्र परेका पीडितहरुले कम्पनीले ३ महिनासम्म भिसा समेत नलगाएको र काम पनि नदिएको गुनासो गरेका छन् । उनीहरुले नेपालमा म्यानपावरलाई डेढदेखि ३ लाखसम्म तिरेर आएको बताएका छन् । अलपत्र उनीहरुले म्यानपावरका संचालक राजकुमार बानियालाई फोन गरेर आफूहरुको उद्धार गरिदिन पटक पटक अनुरोध गरेको तर दुतावस तथा मन्त्रालय जहाँ गएर उजुरी गरे पनि आफूलाई केही फरक नपर्ने भन्दै उल्टै धम्काउने गरेको पीडितहरुको गुनासो छ ।

यसैबीच नेपाली श्रमिक समस्यामा परेको जानकारी दुतावासमा आए लगत्तै कम्पनी र नेपाल बाट कामदार ल्याउने म्यानपावरसँग सम्पर्क गरेको र दुई दिनभित्र समस्या समाधान गर्ने आश्वासन पाएको दुतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए ।

दुई दिनभित्र समस्याको समाधान नभए प्रत्यक्ष फिल्ड भिजिट गरेर कम्पनी र म्यानपावरलाई प्रकृयागत रुपमा कालोसूचीमा राख्ने गरी बैदेशिक रोजगार बिभागमा पत्राचार गरिने सुवेदीको भनाइ छ । यस बिषयमा श्रम सहचारी अविद अन्सारीले समन्वय गरिरहेको दुतावासले जनाएको छ