पत्रकार महासंघ युरोपको अध्यक्षमा राई

निरेम अपडेट
२० वैशाख २०८१ १७:२२

नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिल निशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिवमा शेरबहादुर परियार तथा उपमहासचिवहरुमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिवहरु महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश गौतम र कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा ( फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले(माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक(माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ( पोर्चुगल) कमल पन्थी ( हंगेरी), माधव पोखरेल ( इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), शर्मिला गुरुङ ठकुरी (पोर्चुगल),अमृता राई(रोमानिया) र मनि तमु चयन भएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा बुधबार ब्रसेल्समा अधिवेशन सम्पन्न भएको हो ।