साउदी अरेबियाले हज यात्राको नियम कडा बनायो

निरेम अपडेट
२७ वैशाख २०८१ २२:४९

साउदी अरेबियाको गृह मन्त्रालयले यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउन विभिन्न चेतावनी सहितको नियम निकालेको छ । मन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना समेत गरिने जनाएको छ । यो जरिवाना झण्डै २ लाख २३ हजार रुपैयाँ हुन सक्ने बीबीसी हिन्दीले जनाएको छ  ।

मन्त्रालयका अनुसार अनुमतिविना हजयात्रा गर्नु गैरकानुनी मानिने र ती हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध समेत लगाइने खबरमा उल्लेख छ । सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ । यसवर्ष हज यात्रा आउँदो जुन २ अर्थात जेठ २० गतेदेखि शुरु हुदैछ । हज यात्राका लागि तय भएको नियम जुन २० सम्म लागू हुनेछ ।