वैदेशिक रोजगारमा न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

निरेम अपडेट
२१ वैशाख २०८१ १२:५८

काठमाडौँ | वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं. ०२ घर भइ हाल काठमाडौँ का.म.न.पा. वडा नं.१६ नयाँबजार बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेका छन् ।

कँडेलले आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारी पठाई दिन्छु भनी पीडितसँग ९ लाख लिएर फरार भएका थिए ।उनलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताए ।

उनले  थप अनुसन्धान र कारवाहीका लागी कँडेललाई वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए ।