टोकियोमा मोटरसाइकल दुर्घटना: अमित श्रेष्ठको निधन

निरेम अपडेट
१५ चैत २०८० १३:११

जापान । टोकियोमा बुधवार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको छ ।
टोकियोमा मार्च २७ तारिख बुधवार बिहान भएको दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको हो ।

टोकियो शिनओकुबो स्थित एक रेष्टुरेण्टमा साथीहरुसंग खानपिन गरेर आफ्नो बासस्थानतर्फ मोटरसाइकलमा फर्कनेक्रममा भएको दुर्घटनामा उनको निधन भएको हो । बिहान करिव ५ बजेको समयमा भएको दुर्घटना एक यात्रुबहाक ट्याक्सिसँग ठोक्किएर भएको हो ।
दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार अर्का एक नेपाली युवापनि घाइते भएका छन ।
मोटरसाइकल दुर्घटनामा निधन भएका श्रेष्ठलेनै चलाएका थिए । नेपालको रामेछाप घर भई बिद्यार्थी भिसामा आएर हाल रोजगार भिसामा परिवर्तन गरेका श्रेष्ठले जापानको मोटरसाइकलको लाइसेन्स निकालेको एक बर्ष पुग्न बाँकी रहेको बुझिएको छ ।

मोटरसाइकल बिपरित दिशाबाट आईरहेको ट्याक्सीसँग ठक्कर खाएर दुर्घटनामा भएको जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका श्रेष्ठलाई अस्पताल पुर्याउँदा निधन भएको थियो ।
मोटरसाइकलसँग ठक्कर खाएको कारका चालकले आफुले चलाएको गाडी ठक्कर खाएकोमा स्विकार गरेका छन । प्रहरीले हाल घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

दुर्घघटनाको विषयमा नेपालस्थित परिवार र नेपाली राजदूतावास जापानलाई समेत जानकारी गराइसकिएको छ ।