कतारका राजा अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने

निरेम अपडेट
१८ चैत २०८० १७:३१

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानीको नेपाल भ्रमण एक महिना पछाडि सरेको छ । यस् अघी यसै साताका लागि तय भएको भ्रमण सरेर अप्रिल तेस्रो साता आउने तय भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २३ मा काठमाडौं आउने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणका क्रममा राजा शेख अप्रिल तेस्रो साता नेपाल आउने निस्चित भएको हो । यसअघि उनी आउने भनिए पनि भ्रमण कार्यक्रम स्थगित भएको थियो । रमादान पर्व तथा नेपालमा सरकार परिवर्तन हुँदा भ्रमणमा फेरवदल भएको हो ।

यसपटक भने भ्रमणको मिति नै तय भइसकेको र एक दुई दिनमै औपचारिकरुपमा जानकारी दिने तयारी छ । मन्त्रालय स्रोतका अनुसार अप्रिल २३ मा आएर २४ मा फर्किने वा २४ मा आएर २५ मा फर्किनगरी दुवै मितिको बारेमा छलफल भएको छ ।

कतार नेपालको नेपाली श्रमिकहरको गन्तब्य मुलुकसमेत भएकाले त्यहाँका राजाबाटै हुन लागेको उच्चस्तरीय भ्रमणलाई महत्व दिइएको छ । भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षरको तयारी समेत छ ।