रुसी दूतावास नजिकै रूसी सेनाका परिवारको सामूहिक अनशन

निरेम अपडेट
१० वैशाख २०८१ १५:०८

काठमाडौ । अनशनरत रूसी सेनामा कार्यरत नेपालीका आफन्तीहरुले रुसको दूतावास नजिकै सामूहिक अनशन बसेका छन् ।

रुसमा रहेका नागरिकको जीवन रक्षाको माग गर्दै परिवार र आफन्तीहरुले सोमबार बालुवाटारस्थित रुसको राजदूतावास नजिकै सामूहिक अनसन बसेका हुन् ।परिवारहरुले दूतावासअघि अनशन बस्‍न खोजे पनि रोक लगाइएको थियो । त्यसपछी उनीहरु दूतावासको नजिकै  बसेका हुन् ।

उनीहरुले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रूसी सेनामा भर्ती भएकाहरु र युक्रेनको कब्जामा रहेकाहरुको सकुशल उद्धारको माग राख्दै प्लेकार्ड प्रदशन गरेका छन् ।उनीहरुले शुक्रबार दिउँसो माइतीघर मण्डलादेखि अनशनमा सुरू गरेर भृकुटीमण्डपमा बसिरहेका छन् ।