दुवईमा भारी वर्षापछि तुलसीपुरकी लिला पाण्डे सम्पर्कबिहिन

निरेम अपडेट
१८ वैशाख २०८१ १२:००

दुवई/ रोजगारीको शिलशिलामा दुवई पुगेकी दाङ तुलसीपुरकी ३६ वर्षिया लिला पाण्डे करिब दुई हप्तादेखि सम्पर्कबिहिन हुनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके निवासी पाण्डे गत बैशाख ४ गते मंगलबार राती दुवईको साजा भन्ने ठाउँबाट सम्पर्कबिहिन हुनुभएको हो ।

दुवईमा आएको भारी वर्षाका कारण जाम परेकी पाण्डे सम्पर्कबिहिन भएपछि परिवारले खोजिका लागि पहल गरिदिन सबैमा आग्रह गरेको छ । उहाँलाई देख्नुहुने महानुभावले ९८५६०३८३९१ सम्पर्क गरिदिन उहाँका भतिज प्रकाश पाण्डेले आग्रह गर्नुभयो । लिला साढे दुई वर्षअघि रोजगारीका लागि दुवई पुग्नुभएको हो ।

५ वर्षअघि श्रीमानको निधन भएपछि आर्थिक समस्यामा परेकी उहाँ दुई छोरीलाई आफन्तकोमा छोडेर साढे दुई वर्षअघि दुवईमा रोजगारीका लागि जानुभएको थियो । तर करिब दुई हप्तादेखि सम्पर्कबिहिन भएपछि परिवारले खोजिमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।