एनसीसी मलेसियाले श्रमिकसँग मनायो विश्व श्रमिक दिवस

निरेम अपडेट
२० वैशाख २०८१ १४:५८

मलेसिया /गैरआवासीय नेपाली संघले १ सय ३५ औं श्रमिक दिवस आफ्नै सभा हलमा श्रमिकहरुसँग साक्षत्कार गरी मनाएको छ ।गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुरको उपनियोग प्रमुख मुद्दिता बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा व्यवसायी तथा गैरआवसीय नेपाली संघका अभियन्ता खगेन्द्र न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग संयोजक नेत्र केसी, एनसीसी मलेसियाका उपाध्यक्ष दिल केरुङ, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष बिपिन राई लगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै एनसीसी मलेसियाका उपाध्यक्ष दिल केरुङले श्रमिकहरु आफैँमा जागरुक हुनुपर्ने, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष विपिन राईले साधारण कानून सम्बन्धी ज्ञान सबैले राख्नुपर्ने, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग संयोजक नेत्र केसीले श्रमिकलाई देखाएर राजनीति भइरहेको र श्रमिकमैत्री उद्धारमा सहयोग नभएर बताएका थिए ।

कार्यक्रममा गैरआवसीय नेपाली संघका अभियन्ता खगेन्द्र न्यौपानेले समानान्तर कमिटी गठन र एकताको प्रयास अदालतबाट पूर्णपाठ नआइसकेको विषयलाई प्रकाश पारेका थिए ।

नेपाली राजदूतावास क्वालालम्पुरको उपनियोग प्रमुख बज्राचार्यले सबैको सहयोगको प्रशंसा  गर्दै रेमिट्यान्समार्फत देशको ठूलो आर्थिक भार बोकेको श्रम शक्तिलाई कसैले पनि नजर अन्दाज गर्न नहुने बताए । उनले राजदूतावास सधैँ श्रमिकको पक्षमा रहेको बताए ।

कार्यक्रमको सञ्चालन एनसीसी मलेसियाका महासचिव टीका अधिकारीले गरेकी थिइन् भने कलाकारद्वय डेबिड घिमिरे र उषा ओझाले नृत्य प्रस्तुत गरेका थिए  कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति बिनोद थापाले सबैको सहयोग प्रशंसा गर्दै सबैको सहयोग रहे श्रमिकका लागि थुप्रै काम गर्न सकिने बताए । कार्यक्रमकैबीच संघले इमान्दारीताको कदर गर्दै मलेसियामा पैसाको व्यागेज भेट्टाएर कम्पनीलाई हस्तान्तरण गरेका दावा शेर्पा र जेम्नाष्टिक हानेर गिनिज बुक अफ दि रेकर्डमा आफुलाई सूचीत गराएका बिनोद थापालाई सम्मान समेत गरेको थियो ।