तमू समाज कुवेतद्वारा रक्तदान कार्यक्रम, १०९ जनाले गरे रक्तदान

निरेम अपडेट
२२ वैशाख २०८१ १८:४८

कुवेत/ तमू समाज कुवेतद्वारा रक्तदान कार्यक्रम, १०९ जनाले गरे रक्तदान तूम समाज कुवेतद्वारा आयोजित आठौ रक्तदान कार्यक्रम हिजो सम्पन्न भएको छ । कुवेतको जाव्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित समारोहमा १०९ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन ।

तमू समाजका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. समर अतिथिहरुमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, कार्यक्रममा नेपाली दूतावास परिवार, कुबेतका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा स्वंयमसेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

समाजका बरीष्ठ सल्लाहकार, कार्यक्रम संयोजक (खोप गुरुङ)ले सञ्चालन गरेको औपचारिक कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउदै उक्त आठौ वृहत रक्तदान कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास,नेपाली सँघ-संस्था,एवं पत्रकार लगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।