चर्चित गजल गायक पंकज उदासको निधन

निरेम अपडेट
१४ फागुन २०८० १७:११

चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिट्ठी आई है’ बाट निकै चर्चा पाएका थिए । गायक सोनु निगमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘आज मेरो बाल्यकालको सबैभन्दा महत्त्वपूर्ण अंश हराएको छ । पंकज उधासजी, म तपाईंलाई सधैँ सम्झिरहनेछु। तपाईं रहनुभएन भन्ने थाहा पाउँदा मन रोयो । जीवनको एक हिस्सा भएकोमा धन्यवाद, शान्ति।’

पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए ।पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।