फिल्म ‘रङ्गेली’को नेपाल राम्रो प्रतिक्रियापछि विदेशमा बढ्दो माग

खबर संसार
३० फागुन २०८० २२:०२

फिल्म ‘रङ्गेली’को नेपाल प्रतिक्रियापछि ओभरसिज बजारमा माग बढ्न थालेको छ ।  फिल्मको हालै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा प्रदर्शन अधिकार बिक्री भएको हो । साथै  अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशमा रिलिजको लागि अन्तिम तयारी भइरहेको  छ । मलेशियासहित ६ वटा खाडी मुलुकमा सुरज लम्साल र एक्का बास्सा इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

शिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको ‘रङ्गेली’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्  ।  फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धितालको मुख्य भूमिका छ भने क्लाइमेक्समा अभिनेता आर्यन सिग्देल भिलेन अवतारमा देखिएका छन् ।