तोलामा ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

निरेम अपडेट
२६ चैत २०८० १३:२२

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सोमबार पनि वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा छ सय रुपौयाँले वृद्धि भएको छ ।आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय रुपौयाँ कायम भएको छ ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपौयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपौयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० रुपौयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपौयाँ निर्धारण भएको छ ।