तोलाकाे एक लाख ३९ हजार दुई सय पुग्याे सुन

निरेम अपडेट
४ वैशाख २०८१ १२:१५

स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा  एक हजार सातले उकालो लागेर  एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला  एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. एक हजार सात सय ५० निर्धारण भएको महासंघले जनाएको छ ।