तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी १२ जुलाईमा हुने

निरेम अपडेट
३० चैत २०८० २१:०६

कुवेत – तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी १२ जुलाईमा हुने भएको छ । कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचन सहित तेश्रो अधिवेशन १२ जुलाई २०२४ शुक्रवारको दिन गरिने नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरहीले जानकारी दिएका छन ।

कुवेतस्थित फर्वानिया पार्कमा सोम खत्रीको संयोजकत्वमा बसेको तदर्थ समितिको बैठकले सो निर्णय गरेको हो । समाजले सोम बहादुर खत्रीलाई अधिवेशन संयोजक तोक्दै तदर्थ समिति गठन गरी अधिवेशन समारोहको तयारी थालेको छ । समाजले कार्यक्रम स्थल भने केही समय पश्चात् तय गरि जानकारी दिने जनाएको छ । उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत संयोजक सोम खत्रीले अनुरोध गरेका छन । साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेका छन । कार्यक्रम हुने मिति , समय र स्थान निम्न रहेको छ । मिति – १२ जुलाई २०२४, शुक्रवार समय – तय नभएको स्थान- तय नभएको ।