नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतमा नयाँ सदस्य आवद्ध

निरेम अपडेट
१५ वैशाख २०८१ १८:५१

कुवेत/ नेपाल पत्रकार महासंघ  वैदेशिक शाखा कुवेतले शाखामा आवद्ध भएका चार जना नयाँ साधारण सदस्यलाई स्वागत गरेको छ ।  कुवेतको फर्वानियास्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा २६ अप्रिल शुक्रवारको दिन शाखा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा सम्पन्न भएको दोश्रो बैठक तथा स्वागत कार्यक्रममा  संरक्षक नबराज पन्थी, सल्लाहकार द्वय आनन्द आचार्य र लोमश बास्तोलाले नयाँ सदस्यहरु मित्रभक्त आचार्य, शुरेन्द्र कुमार पथक, सुरेश लामा र विपिन अर्याललाई खादा लगाएर स्वागत गरेका थिए ।

कुवेतमा संचालित नेपाली मिडिया तीतोपाटी डटकममा आबद्ध भएर मित्रभक्त आचार्यले कलम चलाउदै आएका छन भने शुरेन्द्र कुमार पथक, सुरेश लामा र विपिन आर्याल निरेम अपडेटमा आबद्ध भई कलम चलाउदै आएका छन । वैदेशिक शाखा कुवेतमा नयाँ चार जना सदस्य आबद्ध भए संगै सदस्य संङ्ख्या २३ पुगेको छ । प्रवासमा रहेर हरेक चुनौतीलाई सामाना गर्दै अग्रज पत्रकारहरु बाट ज्ञान लिएर नेपाली श्रमिकको लागि कलम चलाउने नयाँ सदस्यहरुले अभिव्यक्ति दिएका थिए ।

प्रवासमा पत्रकारिताको चुनौती र अभावको जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भएकोले सफल मानिएका पत्रकारका कलम पनि बिस्तारै रोकिएका छन । पत्रकारितामा निरन्तर लागिरहनेहरू पनि चुनौती नै चुनौतीका बीचमा कलम चलाई रहेका छन् । नेपाली श्रमिकका पीडा, खुसी र समस्या नजिक भएर बुझ्न सकिने पेशा हो तर प्रवासमा हरेक श्रमिकका पीडा पत्रकारिताको माध्यमबाट  बाहिर ल्याउन निकै चुनौती समेत हुने गर्दछ । तर पनि पत्रकारिताको माध्यम बाट कतिपय समस्याहरु चुनौतीका बाबजुद पनि उठान गर्दै त्यस्ता विषयहरूको सम्बन्धमा पनि दबाब दिदै आएको छ ।