जन-जागृति युवा समाज कुवेतको नेतृत्वमा राम बहादुर योन्जन

निरेम अपडेट
१५ वैशाख २०८१ १८:४४

कुवेत / जन-जागृति युवा समाज कुवेतको सातौ अधिवेशन तथा चौधौ वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन सम्पन्न सातौ अधिवेशनले राम बहादुर योन्जन तामाङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ ।

सातौ अधिवेशन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता, गैर आवासीय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा एवं नेपाल पत्रकार महासंघ कुवेतका संरक्षक नबराज पन्थी, अध्यक्ष राज मल्ल ।

अधिवेशन समारोहलाइ सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि महामहिम राजदूतले जन-जागृतिले गरेका राम्रा कार्यहरूको प्रसंशा गर्नुहुँदै यस्ता कार्यहरू निरन्तर रूपमा गरिरहनु पर्ने भन्दै जन जागृति युवा समाज कुवेतको सराहना गर्नु भएको थियो । सम्बोधनमा महामहिमले  जन-जागृतिले गरेका सेवामुलक र जनचेतनामुलक कार्य आफैमा एक उदाहरणीय कार्य रहेको र कुनै स्वार्थरहित तरिकाले कार्य गरेको जनाउँदै आगामी दिनमा पनि कुवेतमा कृयाशिल सबै संघ संस्थासँग हातेमालो र सहकार्य गरेर अघि बढेमा अझ धेरै कार्यहरू गर्न सकिने र यसका लागि दूतावासको तर्फबाट गर्न सकिने जुनसुकै सहयोग गर्न दुतावास तयार रहेको पनि महामहिम ज्यूले सम्बोधनको क्रममा बताउनु भयो ।

अधिवेशनमा एनआरएनए अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघका अध्यक्ष राज मल्ल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए ।वरिष्ठ उपाध्यक्ष राम बहादुर योन्जन तामाङको स्वागतमा आयोजित अधिवेशन कार्यक्रममा संस्थाका संरक्षक छत्र बहादुर कार्कीले संस्थाको पाँचौ अधिवेशनदेखि छैटौं अधिवेशन अघिसम्मको आय व्यय विवरण प्रस्तुत गरेका थिए।

सातौ अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति (२०२४-२०२६) यस प्रकार रहेको छः

अध्यक्ष – राम बहादुर तामङ योन्जन
उपाध्यक्ष – जिवन सुनार
उपाध्यक्ष – मिरा बि पौडेल
महासचिव – मित्र भक्त  आचार्य
सचीव – हिमाला तामाङ
सह-सचिव – सोनाम लामा
कोषाध्यक्ष – सुर्यचन्द्र श्रेठ
सह-कोषाध्यक्ष – उत्तम वाईबा
अर्थ संयोजक – मिलन तामाङ
अर्थ सह संयोजक – 
सदस्य – 
कृष्ण गुरुङ
लाल बहादुर तामाङ
कल्पना कार्की
कोपिला शाही
डुक्साङ लामा
राजेन्द्र श्रेष्ठ
कल्पना लामा
महिला परिचालन समिति (3 सदस्य)
संयोजक – कल्पना कार्की
कोपिला शाही
पुर्णिमा तामाङ
सल्लाहकार समिति
कृष्ण सुनार
सन्तोस सुनार 
संरक्षक 
छत्र कार्की
टिकाराम आचार्य
आनन्द आचार्य