एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, मलेसियाविरुद्ध रोमाञ्चक जित

निरेम अपडेट
३० चैत २०८० २२:३२

काठमाडौं । ओमानमा सुरु भएको एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ । रोमाञ्चक म्याचमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । ब्याटिङमा संघर्ष गरेको नेपाललाई गुल्शन झाले साहसिक फिनिसिङ गर्दै जितसम्म पुर्याए ।

ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई १४३ रनमा रोक्न सफल भए । मलेसियाले ३ विकेट मात्र गुमाए पनि ठूलो स्कोर बनाउन सकेन ।