विश्वकै उत्कृष्ट बन्यो हमाद विमानस्थल

निरेम अपडेट
९ वैशाख २०८१ १३:४४

हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट बन्न सफल भएको छ ।

जर्मनीको फ्र्याङ्कफर्टमा भएको प्यासेन्जर टर्मिनल एक्स्पो २०२४ मा आयोजित प्रतिष्ठित २०२४ स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्डमा हमाद अन्तर्राष्ट्रिय विमानस्थलले फेरि ‘विश्वको उत्कृष्ट विमानस्थल’ को रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एयरपोर्टले लगातार दोस्रो पटक ‘विश्वको उत्कृष्ट एयरपोर्ट शपिङ’ र लगातार दशौं वर्ष ‘बेस्ट एयरपोर्ट इन द मिडल इस्ट’ को उपाधि पनि जितेको छ।

विमानस्थल विगत १० वर्षदेखि सन्चालनमा छ ।