गायक अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन मे २४ मा हुने

निरेम अपडेट
११ वैशाख २०८१ १२:१०

कुवेत / गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी २४ मे २०२४ मा हुने भएको छ ।

कुवेतको नेपाली समाजमा सन् २०११ मा ‘भाषा अनि संस्कृतिमा विविधता, विकाश निर्माणमा हाम्रो एकेबद्धता’ भन्ने मुल नाराका साथ स्थापना भएको मन्चले खैतानस्थित राजधानी होटलमा नेपालबाट अतिथि कलाकार ल्याई छैठौं अधिवेशन गर्न लागिएको मन्चले जानकारी दिएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी जनाई कार्यक्रमलाई सफल बनाउनको लागि आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम : सांगीतिक तथा छैठौं अधिवेशन
मिति : २४ मे २०२४ शुक्रबार
समय: बिहानको ठिक १०:०० बजे
स्थान: खैतानको राजधानी होटल
आयोजक : खोटाङ-कुवेत सम्पर्क मञ्च